गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु

लोकपथ
117
Shares

गुल्मी । गुल्मीमा घाँस काट्न गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । गुल्मीको धुर्काेट गाउँपालिका वडा नंं. २ पिपलधाराकी ५२ वर्षीया शिवकला खनालको भीरबाट लडेर मृत्यु भएको हो ।

मंगलबार दिउँसो घर नजिकै घाँस काट्न गएकी उनी भीरबाट लडेकी थिइन् । घाइते खनाललाई स्थानीयले देखेर उद्वार गरेको केही समयमै उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

खनाल भीरबाट करिब दुई सय मिटर तल खसेको स्थानीयले जनाएका छन् । शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल लगिएको प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?