यातायात कार्यालयबाट ७ जना पक्राउ

लोकपथ
182
Shares

काठमाडौं । यातायात कार्यालयहरुमा सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने ५ जना विचौलियाहरू र फर्जि स्वास्थ्य परीक्षण रिपोर्ट बनाउने कार्यमा संलग्न २ जनागरि ७ जना पक्राउ परेका छन् ।

मंगलवार काठमाडौं उपत्यका प्रहरी कार्यालय र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको छ ।

यातायात व्यवस्था कार्यालय, एकान्तकुना, ठुलोभर्‍याङ र चाबहिलबाट ५ जनालाई र फर्जी स्वास्थ्य परिक्षण रिर्पोट बनाउने कार्यमा संलग्न २ जनालाई यातायात व्यवस्था कार्यालय, चाबहिलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरूले विभिन्न यातायात कार्यालयहरुमा सेवाग्राहीहरुलाई सहजीकरण गरिदिने भन्दै हैरानी दिने गरेको पाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?