एघारौँ तहमा बढुवाका लागि पाँच जना डाक्टरको नाम सिफारिस

लोकपथ
14
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एघारौँ तहमा बढुवाका लागि पाँच जना डाक्टरको नाम सिफारिस गरेको छ । मन्त्रालयको बढुवा समितिको पुस १४ र १८ गते बसेको बैठकले एघारौँ तहमा बढुवा गर्न पाँचजना डक्टरको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गर्दै प्रमुख कन्सलटेन्ट जनरल (फिजिसियन) पदमा डाक्टर दीपक सिग्देल, प्रमुख कन्सलेटेन्ट चेष्ट डिजिजेज पदमा डाक्टर नवीनप्रकाश साह बढुवा सिफारिस भएका छन् ।

यसैगरी, प्रमुख मेडिसिन तथा फरेन्सिक मेडिसिन अधिकृत पदमा डाक्टर वीरेन्द्रकुमार मन्डल, प्रमुख कन्सलटेन्ट सर्जन पदमा डाक्टर जनार्दन पन्थी बढुवा सिफारिस हुँदा अर्थोर्पेडिक सर्जरी उपसमूहतर्फको प्रमुख कन्सलटेन्ट अर्थोपेडिक सर्जन पदमा डाक्टर भारतबहादुर खत्री बढुवा सिफारिसमा परेका छन् ।

मन्त्रालयको सिफारिसअनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले बढुवाको निर्णय गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?