राष्ट्रपति भण्डारी र श्रीलङ्काका राजदूतबीच शितल निवासमा भेट

लोकपथ
39
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र श्रीलङ्काका राजदूतबीच बिदाई भेट भएको छ । आज मंगलवार राष्ट्रपति भवन शितल निवासमा श्रीलङ्काका राजदूत हिमाली अरुणतिलकबीच बिदाई भेट भएको हो ।

भेटका अवसरमा नेपाल र श्रीलङ्काबीच रही आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भएको राष्ट्रपतीय कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?