प्रधानमन्त्री ओली र कोलम्बियाका पूर्वराष्ट्रपति आन्द्रेस पास्त्रानाबीच भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिखर सम्मेलनका लागि नेपालको भ्रमणमा रहेका कोलम्बियाका पूर्वराष्ट्रपति आन्द्रेस पास्त्रानाले आजै शिष्टाचार भेट गरेक छन् ।  

पास्त्रानाले आफ्नो मुलुक पनि द्वन्द्वबाट शान्तितर्फ अघि बढिरहेका सन्दर्भमा नेपालको शान्ति प्रक्रियाको सफलता तथा प्रधानमन्त्री ओलीको विकास र समृद्धिको सोचबाट प्रभावित भएको जनाउनुभएको डा भट्टराईले जानकारी दिए । 

दुई देशबीच व्यापार र लगानीका साथै कूटनीतिक सम्बन्ध विस्तार गर्न पनि उनीहरूबीच छलफल भएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?