संसदमा पारदर्शीताको अपरिहार्यतालाई स्थापित गर्न सक्नुपर्छ : संयोजक शाही

लोकपथ
84
Shares

काठमाडौं । प्रदेश सभाका निःवर्तमान सभामुख उपसभामुखको साझा फोरम स्पिकर्स फोरम नेपालका संयोजक राजबहादुर शाहीले प्रदेश सभालाई प्रभावकारी बनाउँदै लैजानुपर्ने बताएका छन् ।

स्पिकर्स फोरम नेपालले मंगलवार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा संयोजक शाहीले क्रियाशिल संस्थापक प्रदेश सभाका सभामुख र उपसभामुखहरुको अनुभवबाट प्रदेश सभालाई आगामी दिनमा झनै प्रभावकारी बनाउँदै लैजानुपर्ने बताए । उनले प्रदेश संरचनाहरु प्रभावकारी बनाउन र व्यवस्थापकीय संस्थाहरु प्रभावकारी बनाउन फोरमले भुमिका खेल्ने बताए ।

उनले प्रदेश सभाहरु पारदर्शी बनाउनसके मात्रै जनतप्रतिको उत्तरदायित्व बहन गर्ने बताए । उनले प्रदेश सभामा पारदर्शीताको अपरिहार्यतालाई स्थापित गर्न सक्नुपर्ने बताए । उनले खुला संसदले सरकार एवं शासन व्यवस्थालाई पारदर्शी बनाउने बताए ।

कर्णाली प्रदेशका निःवर्तमान सभामुखसमेत रहेका उनले पारदर्शी सरकार नै देश र जताप्रति जिम्मेवार र जवाफदेही हुने उल्लेख गर्दै स्पिकर्स फोरम नेपालले खुला र पारदर्शी संसदको पैरवीमा प्रदेश सभाहरुलाई सहयोग गर्ने बताए । उनले संघ र प्रदेशको बस्चमा औपचारिक सम्बन्धको संयन्त्र नरहेको भन्दै अबका दिनमा संघ र प्रदेशबीचको सम्बन्ध बढाएर जानुपर्ने बताए । उनले राष्ट्रिय सभा र स्थानीय सरकारसँग मिलेर प्रदेश सभाले जनताको लागि विकास निर्माणमा पुलको काम गर्ने बताए ।

उनले भने “पारदर्शीताको आधार स्तम्भ भनेकै विधायिक खुला पन हो भन्ने मान्यता अनुरुप हामी आफूहरुले आर्जन गरेको अनुभव र ज्ञानलाई संसदीय खुलापनको क्षेत्रमा वकालत गर्न लगाउने विचार गरेका छौ । हाम्रा संसदहरु जति क्रियाशिल र खुला हुन्छन् सरकार र व्यवस्था त्यत्तिनै पारदर्शी हुन्छ । पारदर्शी सरकार नै देश र जताप्रति जिम्मेवार र जवाफदेही बन्छन् । हामी निवर्तमानहरुले यो अभियानलाई अगाडि बढाउनसक्यौँ भने प्रदेश सभाहरुमा खुला पन दिन र क्रियाशिल बनाउन सकिन्छ, जनताप्रति उत्तरदायि बन्ने भनेको पारदर्शी सरकार हो । त्यसैले पारदर्शीताको आवश्यक्ता छ । संसदीय खुलापनलाई पनि हामीले अवलम्वन गर्नुपर्नेछ, त्यसमा हामी सबैले प्रोत्साहन दिनुपर्छ । संघ र प्रदेशको बीचमा औपचारिक सम्बन्ध, संयन्त्र छैन, त्यसलाई पनि कतै न कतै जोड्नुपर्छ । राष्ट्रिय सभा र स्थानीय सरकारसँग हामीले पुलको काम गर्नसक्छौँ, आफ्नो पहिलो कार्यकाल सम्पन्न भएसँगै के के काम गर्न सकियो र के के गर्न सकिएन भन्ने समीक्षा हामीले पनि गर्नु जरुरी छ । योसँगै हामीले गर्न सकिने तर नगरेको र नपाएको दुवै कामको पनि समीक्षा हुन जरुरी छ । हाम्रो पहिलो कार्यकालमा हाम्रा कामहरुका विषय र प्रसङ्गहरु फरक फरक भएपनि कार्यसम्पादन प्रवृत्ति समान नै छ । यसलाई समुच्च र समग्रमा समिक्षा गर्न सकिन्छ । प्रदेशस भाको विधायिकी स्वायत्तता , विधायिकी खुलापन र विधायिकी जवाफदेहीतामा मेहनतका साथ काम गर्नुपर्नेछ । यसका लागि नयाँ नेतृत्वलाई हाम्रो अनुभव महत्वपूर्ण हुन्छ । आफ्ना क्षेत्रका जनतासम्म विधायिकी पहुँच बिस्तार गर्न हामीले नै पुल बनेर काम गर्नसक्छौँ ।”

संयोजक शाहीले संघीय संसदले हासिल गरेका ज्ञान, सीप र अनुभवलाई प्रदेश सभासम्म लैजानसके प्रदेश सभाको संसदीय कामकारबाहीमा थप चुस्तता हुने विश्वास व्यक्त गरे । उनले नेपालको संघीय संरचनाको महत्वपूर्ण पक्ष नै प्रदेश संरचना भएको उल्लेख गर्दै उनले पहिलो कार्यकालको कामको समीक्षा गरी संवैधानिक, राजनैतिक र विधायिकी अड्चनहरुको पहिचान र निरुपण गर्न जरुरी रहेको बताए । उनले स्पिकर्स फोरममार्फत प्रदेश सभामा विधायिकी खुला पनमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?