जाडो मौसमबाट गाडी सुरक्षित राख्न सुजुकीको विन्टर फ्री सर्भिस

लोकपथ
14
Shares

काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक विक्रेता तथा सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले पुस २० गतेदेखि २२ गतेसम्म विन्टर फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । जाडो मौसमले सवारी साधनमा नराम्रो प्रभाव पार्नसक्ने बताउँदै यसमा ध्यान पुर्‍याउन फ्री सर्भिसको आयोजना गरिएको सीजी मोटोकर्पले जनाएको हो ।

सुजुकीले ग्राहकलाई यो बिषयमा जानकारी गराउन र उनीहरुका गाडीलाई राम्रो अवस्थामा राखिराख्न क्याम्प सञ्चालन हुनलागेको कम्पनीले जनाएको छ । सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनको साथै १५ जना लक्की ग्राहकले फ्री सर्भिस भौचर पनि जित्ने बताइएको छ ।

सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी/हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा उनीहरुले ५० प्रतिशत छुट पाउने छन् भने इन्जिन कुलिंग, एसी तथा हिटर सम्बन्धी पार्ट्स र एसोसरिजमा १० प्रतिशत छुट पाउनेछन् । साथै, यो अवधिमा सुजुकीका ग्राहकले स्पेयर पार्टस् र इन्जिन आयलमा ५ प्रतिशत छुट पाउनेछन् ।

‘सुजुकीको विन्टर फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?