मोरङमा १४ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

लोकपथ
63
Shares

मोरङ । मोरङमा १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका(३ शिमपाने चोक बस्ने २२ वर्षीय अर्जुन बिकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

बिकले ती बालिकालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?