उपप्रधानमन्त्री श्रेष्ठद्वारा यातायात कार्यालयको आकस्मिक अनुगमन

लोकपथ
0
Shares

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको आकस्मिक अनुगमन गरेका छन् ।

यातायात कार्यालयबाट हुने काम कारबाहीका विषयमा सेवाग्राहीहरुबाट धेरै गुनासो आएकाले मन्त्री श्रेष्ठले आकस्मिक अनुगमन गरेको श्रेष्ठका प्रमुख स्वकीय सचिव विजय गौतमले बताए ।

उप्रधानमन्त्री श्रेष्ठले कार्यालय प्रमुखसँग कामको प्रगतिबारे जानकारी लिएका थिए । उनले कामका लागि त्यहाँ पुगेका सेवाग्राहीहरुको गुनासा पनि सुनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?