कांग्रेस केन्द्रीय समिति बैठक : तेस्रो दिन पनि विधान मस्यौदा माथि छलफल जारी

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकको तेस्रो दिन आज पनि विधान मस्यौदामाथि सदस्यहरुले छलफल जारी राखेको छ । 

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आइतवार विहान ११ बजे बस्ने बैठकमा विधानको मस्यौदामाथीको छलफललाई निरन्तरता दिने कांग्रेसले जनाएको छ । 

महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको समितिले गत आइतवार फरक मत सहित बुझाएको विधान मस्यौदामाथिको छलफल गत बिहीवारबाट शुरु भएको हो । 

गत विहीवार र शुक्रवारको बैठकमा विधान मस्यौदामाथी १५ जनाले धारणा राखेका थिए । 

समितिले पेस गरेको मस्यौदामा ७० मध्ये ७ वटा धाराका विषयमा सहमति जुट्न बाँकी छ । 

जसमा क्रियाशील सदस्य, सभापतिको अधिकार, केन्द्रीय समितिको आकार र चयन प्रक्रिया लगायत विषयमा समिति सदस्यबीच फरक मत रहेको नेता प्रदिप पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?