विद्युत प्राधिकरणका कारण इन्टरनेट सेवा राेकिन सक्ने सेवा प्रदायककाे चेतावनी (विज्ञप्तिसहित)

लोकपथ
28
Shares

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रवाहमा हस्तक्षेप गरेको आरोप लगाएको छ । प्राधिकरणकाे रवैयाले जुनसुकै बेला सेवा अवरूद्ध हुनसक्ने चेतावनी पिन उनीहरूले दिएका छन् ।

संघले सोमबार पत्रकार सम्मेलन गरी अत्यावश्यक सेवा इन्टरनेटमा प्राधिकरणले विभिन्न बहानामा सेवा अवरोध गरेको आरोप लगाएको हो ।

संघका अध्यक्ष सुधिर पराजुलीले विज्ञप्ति जारी गर्दै इन्टरनेटको निर्वाध रुपमा प्रयोगका लागि सम्बन्धित मन्त्रालय, राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकार आयोग लगायतका निकायसँग गुहार मागेका छन् ।

‘ने वि प्रा ले अति आवश्यक सेवा अवरोध गरिरहँदा उत्पन्न स्थितिको जिम्मेवारी ने.वि. प्रालिले लिनुपर्ने यसै विज्ञप्ति मार्फत जानकारी गर्दछौँ । देशको अति आवश्यक इन्टरनेट सेवा प्रवाह गर्न, देशमा इन्टरनेट सेवा ठप्प हुनबाट जोगाउन, मानवअधिकार (राष्ट्रिय–अन्तराष्ट्रिय) आयोगलाई अविलम्ब आवश्यक हस्तक्षेपकारी भूमिका निर्वाह गर्न हार्दिक अपील–आह्वान गर्दर्छौँ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

प्राधिकरणले सेवा प्रवाहको लागि पूर्वाधार प्रयोगमा एकाधिकार जमाएको, आफूखुसी भाडा बढाएको तर भाडादरको भार कम गर्न आफैँले गरेको निर्णय कार्यान्वयन नगरेको संघको आरोप छ ।

त्यसका साथै प्राधिकरणले भाडाकै निहुँमा प्रदायकहरुको डाटा सेन्टर र अन्य स्थानको विद्युत लाईन काटिरहेको संघको आरोप रहेको संघको आरोप छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?