स्थानीयसँग छलफल नगरी खुल्ला मञ्चमा पार्किङ बनाउँदैनौँ : उपमेयर डंगोल

लोकपथ
52
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले जनतासँग छलफल नगरी खुलामञ्चको काम अगाडि नबढाइने बताएकी छन्। खुल्ला मञ्चलाई खुल्ला राख्न माग गर्दै ज्ञापनपत्र बुझाउन गएका अभियन्तासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

खुल्ला मञ्चको आफ्नै महत्व छ। त्यसलाई कसरी काम अगाडि बढाउने नबढाउनेतर्फ महानगर अगाडि बढेको छैन। डिपिआर नै तयार भएको छैन। उनले भनिन्,‘अब बनाउने नबनाउने विषयमा जनता (स्थानीय)सँग छलफल नगरी अगाडि बढ्ने तयारी भएको छैन।’

काठमाडौं महानगरले खुला मञ्चलाई पाकिङ बनाउने भन्ने विषय निकै आलोचित बनेका बेला डंगोलले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?