काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिँदै आएको प्रतिलिपी सिफारिस अब अनलाइनमार्फत प्रदान गरिने भएको छ ।
सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब र सवारी ईजाजत पत्र हराएमा, सेवाग्राहीले ट्राफिक प्रहरीको आधिकारीक वेभसाइट www.traffic.nepalpolice.gov.np मार्फत परिचयपत्रको प्रतिलिपी सहित अनलाइन फर्म भर्नुपर्ने हुन्छ ।
अनलाइन फर्म भरेको ७२ घण्टा पश्चात अनलाईन मार्फत नै हराएको सिफारीस उपलब्ध गराइनेछ । प्रविधिको उच्चतम प्रयोग गरी सेवाग्राहीलाई सहज सेवा, समयको बचत र स्मार्ट ट्राफिक सेवा प्रदान गर्ने उद्देश्यले यो सुविधा लागू गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया