काठमाडौं । रौतहटको राजपुर नगरपालिका १ पिपरा भगवानपुरबाट आज बिहान ११ बजे प्रहरीले गाँजा लोड गरि राखेको एक बलेरो र बेवारीसे अवस्थामा फेला परेको मोटरसाईकल बरामद गरेको छ ।
पिपरा टोलमा गाडीमा अवैध लागू औषध गाँजा छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट गौरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा रोकी राखेको ‘जेएच१०एक्स४२१२’ नम्बरको सेतो बलोरो गाडीबाट गाँजा बरामद भएको हो ।
बलेरोमा अन्दिाजी ९१ किलो (१३ पोका) गाँजा फेला पारेको थियो । त्यस्तै, सोही स्थानबाट करिब १० मिटर दक्षिणतर्फ ‘बीआर३०यू–०४७४ नम्बरको मोटरसाईकल बेवारीसे अवस्थामा फेला परेकोले लागू औषध गाँजा, गाँजा लोड गरेको बलोरो र मोटरसाईकल बरामद गरिएको प्रहरी नायव उपरिक्षक उमाशकंर प्रसाद यादवले जानकारी दिए ।
यादवका अनुसार हाल बरामद भएका उक्त सवारीसाधनहरुलाई जिल्ला प्रहरी कार्यालय रौटहट ल्याई थप अनुसन्धान कार्य भईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया