गृह मन्त्रालयलद्वारा ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर

काठमाडौं । सरकाले ६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । 

गृह मन्त्रालयले शुक्रवार साँझ गोरखामा कार्यरत नारायण भट्टराईलाई पर्सा जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा काज सरुवा गरेको छ भने पर्साका सिडीओ लोकनाथ पौडेललाई रौतहट सरुवा गरिएको छ । 

गृह–प्रवक्ता (सह–सचिव) रामकृष्ण सुवेदीका अनुसार जिल्ला प्रमुह जिल्ला अधिकारीको आवश्यकता अनुसार हेरफेर गरिएको बताए । 

यसैगरी रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल दाङ सरुवा भएका छन् भने दाङका प्रजिअ गजेन्द्र बहादुर श्रेष्ठ भने गोरखा सरुवा भएका छन् ।

साथै अर्घाखाँची र मनाङका प्रमुख जिल्ला अधिकारी पनि परिवर्तन भएका छन् ।

मन्त्रालयमा कार्यरत प्रेमलाल लामिछानेलाई अर्घाखाँची र रुद्रनाथ देवकोटालाई मनाङको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ । 

मन्त्रालयले शुक्रवार साँझ हेरेफेर गरेका प्रमुख जिल्ला अधिकारी मध्ये पर्साका लोकनाथ पौडल छोटो समयमा नै परिवर्न गरिएका प्रजिअ हुन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?