कस्तो रहला आजको मौसम ?

लोकपथ
0
Shares

हाल देशको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिम तराईका केही र मध्य तथा पूर्वी तराईका थोरै भूभागमा हुस्सु तथा कुहिरो लागेको छ।

यस्तै दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । यसैगरी प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

दिउँसो र राति प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?