पूर्वमन्त्री दलबहादुर रानालाई पितृशोक

रामपुर ।  पूर्वभूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर रानालाई पितृशोक परेको छ । 

पाल्पा क्षेत्र नं १ का सङ्घीय सांसद तथा नेकपा एमालेका प्रदेश नं ५ का सहइन्चार्जसमेत रहेका रानाका पिता रुकबहादुर रानाको ९२ वर्षको उमेरमा आज बिहान काठमाडौँमा निधन भएको हो । 
मुटुसम्बन्धी समस्याका कारण उनको निधन भएको परिवारले जनाएको छ । रानाका पाँच छोरामध्ये सांसद राना माइला हुन् ।

रामपुर नगरपालिका–१ पाल्पाका राना परिवार काठमाडौँमा बस्दै आएका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?