काठमाडौं । ग्लोबल हस्पिटालिटी ग्रुप (जीएचजी ग्रुप)द्वारा सञ्चालित लिटल बाइट बिस्ट्रो तथा होटल हार्मोनीले सेवा शुभारम्भ गरेको छ। झम्सीखेलस्थित रेस्टुरेन्ट तथा होटल परिसरमा आयोजित कार्यक्रमबीच ललितपुर महानगरपालिका वडा नम्बर २ का अध्यक्ष राजेश महर्जन,झम्सीखेल युवाक्लबका अध्यक्ष सन्दन थापा मगर, वरिष्ठ साहित्यकार द्वय प्राध्यापक राम कुमार पाँडे,धन बिक्रम सिंह, नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष वरिष्ठ अधिबक्ता विश्वकान्त मैनाली तथा जीएचजी कम्पनीका अध्यक्ष सागर मणि भण्डारीले संयुक्त रुपमा रिवन काटी शुभारम्भ गरेका हुन् ।
सो अवसरमा अध्यक्ष भण्डारीले नेपाल पर्यटन र हस्पिटालिटी सेवाका लागि लगानी गर्न उपयुक्त स्थल रहेको तर सरकारले लगानीका लागि सहजीकरण गरिदिनुपर्ने बताए ।उनी लामो समयदेखि जापानमा रहेर रेस्टुरेन्ट व्यवसाय गर्दै आएका छन् । लामो समय बेलायत बसेका पर्यटन व्यवसायी पशुपति भण्डारीले लगानी मैत्री भैदिएमा विश्वका हरेक देशबाट नेपालमा लगानी गर्न नेपाली इच्छुक रहेको बताए ।
वडाअध्यक्ष महर्जन तथा झम्सीखेल युवा क्लबका अध्यक्ष थापाले पछिल्लो समय झम्सीखेल पर्यटनको हबका रुपमा विकासहुँदै गएकोले यसको वृहत्तर विकासका लागि स्थानीय निकाय,स्थानीय बासिन्दा तथा व्यवसायी एक जुट भएर लाग्नुपर्ने कुरामा जोड दिए।
सेवा प्रारम्भ गरिएको अवसरमा गायक डिजराज पौडेल तथा गायिका वर्षा दासले सांगीतिक प्रस्तुति पनि दिएका थिए। जीएचजी ग्रुपले काठमाडौंको नक्सालमा इटालियन,म्याक्सिकन,इन्डियन तथा कन्टीनेन्टल फुड सहितको १ सय ५० जना क्षमताको रेस्टुरेन्ट तथा ललितपुरकै सानेपामा २० वटा रुम सहितको होटल यस पूर्व नै सञ्चालनमा ल्याइसकेको छ।
निकट भविष्यमा भैँसेपाटी,मनोहरा दिब्येश्वरी प्लानिङ तथा पोखरामा पनि सेवा सञ्चालन गर्ने प्रवन्ध निर्देशक बिष्णु कंडेलले जानकारी गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया