कोरोनापछि सुस्ताएको होटल व्यवसायलाई उकास्न भेडेटारमा फुड फेस्टिबल शुरु

लोकपथ
26
Shares

काठमाडौं । कोरोनापछि सुस्ताएको होटल व्यवसायलाई उकास्ने उद्देश्यकासाथ आज (शनिवार)बाट धनकुटाको भेडेटारमा तीन दिने फुड फेस्टिबल शुरु भएको छ ।

अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिएको फुड फेस्टिबलमा ३० हजार आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने लक्ष्य लिइएको आयोजकले जनाएको हो ।

सांगुरीगढी गाउँपालिकाको सहयोगमा होटल एशोसिएशन अफ भेडेटारले आयोजना गरेको फेस्टिबलमा १ करोड बढीको कारोबार हुने अपेक्षा गरिएको छ । औपचारिक कार्यक्रमकाबीच आज उद्घाटन गरिएको फुड फेस्टिबललाई कोरोनाले थलिएको व्यापार व्यवसायको विकास र प्रवर्धनका रुपमा समेत लिइएको छ ।

होटल एशोसिएशन अफ भेडेटारकी अध्यक्ष शान्तिमादेन श्रेष्ठले आगामी दिनमा सबैको साथ र सहयोग गरेको खण्डमा यही वर्षमा पर्यटन व्यवसाय फस्टाउने बताईन् ।

पूर्वको पर्यटकीय गनतव्यका रुपमा रहेको भेडेटारमा आयोजित फुड फेस्टिबल विशेष गरी भारतीय पर्यटक लक्षित गरी आयोजना गरिएको छ । फेस्टिबलले भेडेटारलाई आन्तरिक तथा बाह्य पर्यटक माझ घुम्नैपर्ने गनतव्यका रुपमा चित्रित गर्न थप मद्यत पुर्‍याउने विश्वास लिइएको छ ।

फेस्टिबलमा सांस्कृतिक कार्यक्रमसँगै स्थानीय तथा जाति विशेष खानेकुराका परिकार प्रदर्शनीसँगै भेडेटार हेलि टुर, जिपलाइन तथा प्याराग्लाइडिङ सेवा उपलब्ध रहने सांगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए। उनले अंग्रेजी नयाँ वर्षमा बाहिरबाट आउने पर्यटकको स्वागतका लागि कार्यक्रम राखिएको बताएका छन् ।

फेस्टिबलमा गाउँपालिका र्अग्यानिक खानेकुरा र स्थानीय कृषि प्रदर्शनी सहितको स्टल राखिएका छन् । फेस्टिबल अवधिभर भेडेटारको रमणीय क्षेत्रको भ्रमण गराइने तथा हेलि टुर, जिपलाइन तथा प्याराग्लाइडिङ सेवा उपलब्ध रहने
आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?