पत्रकारका लागि अक्षयकोष स्थापना

लोकपथ
26
Shares
cIfosf]ifsf] nflu /sd x:tfGt/0f 8’d|], !^ k’; M ;jcf]e/l;o/ :juL{o xl/eQm e§/fO{sf] :d[ltdf kqsfl/tf k’/:sf/sf nflu cIfosf]if :yfkgfy{ /sd x:tfGt/0f ub}{ pxfFsf 5f]/f a’xf/L ;’dg e§/fO{ / od’gf e§/fO{ . tl:a/ M ldnf b/} ÷/f;;

पाल्पा । पत्रकारिता क्षेत्रमा टिकाइरहनका लागि अक्षयकोष स्थापना गरिएको छ । सब इञ्जिनीयर स्वर्गीय हरिभक्त भट्टराईको प्रथम स्मृति दिवसमा उनको परिवारले अक्षयकोष स्थापना गरेका छन् ।

स्व.भट्टराईका श्रीमती, छोराछोरी, बुहारीले उनको स्मृति दिवसका दिन आज एक लाख १० हजार रुपैयाँको अक्षयकोषको रकम हस्तान्तरण गरेको नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्वल पौडेलले बताए । पत्रकारिता क्षेत्रमा योगदान दिने पत्रकारलाई वार्षिकरुपमा पुरस्कार प्रदान गर्नेगरी अक्षयकोष स्थापना गरिएको उनका छोरा सुमन भट्टराईले बताए ।

‘बुवा समाजसेवामा आबद्ध रहेकाले पत्रकार पनि समाजको आँखा हो, समाजको आँखा मानिएका पत्रकारलाई बुवाको स्मृतिमा सम्मान गर्न र उनीहरुलाई प्रोत्साहनमा सहयोग गर्न अक्षयकोष स्थापना गरेका हौँ’, सुमनले भने । नेपाल पत्रकार महासङ्घ केन्द्रीय सदस्य प्रदीप काफ्लेले पत्रकारिता क्षेत्रमा लाग्ने युवालाई यस्ता कार्यले प्रोत्साहन मिल्ने बताए ।

यसले पत्रकारलाई खोजी र तथ्यपरक समाचार सङ्कलनतर्फ सचेत गराउनुका साथै सत्य समाचार लेख्न सहयोगी सिद्ध हुने उनको भनाइ छ । नेपाल पत्रकार महासङ्घ तनहुँका पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारीले निराशा छाउने अवस्थामा पुगेका पत्रकारलाई पुरस्कारले यस क्षेत्रमा रहन प्रेरित गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?