चाक्चाकुर चाड मनाउँदै कुलुङ समुदाय

लोकपथ
21
Shares
ls/ftLx?sf] d’Vo rf8df ;xefuL sf7df8f}F, !% k’; M ls/ft s’n’ª ljBfyL{ ;ª3 / ls/ft s’n’ u’Zvdn] z’qmaf/ cfof]hgf u/]sf] ldgfl/ bfrfd rfzoDnf] lgªbf]ª rfSrfs’/ o]n]bf]ª– %)*# ls/ftLx?sf] d’Vo rf8df ;xefuLx? . tl:a/M ls/0f/fh lji6–/f;;

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले कुलुङ समुदायलाई फरक जातका रुपमा सूचीकृत गरिनुपर्ने माग गर्नुभएको छ । आज यहाँ आयोजित मिनारी दाचाम् चासुम्लो निङदोङ चाक्चाकुर चाडका अवसरमा शुभकामना दिँदै कुलुङ समुदायको संरक्षण गर्नु राज्यको दायित्व भएको बताए ।

चाक्चाकुर पर्व पुस १५ देखि तीन दिनसम्म मनाइन्छ । उनले भने, ‘मुलुकको सभ्यता र संस्कार सिकाउने जाति हो कुलुङ । यो समुदायको संरक्षण गर्नु राज्यको दायित्व हो । उहाँहरुलाई फरक जातका रुपमा सूचीकृत गरिनुपर्छ ।’ उनले धार्मिक र सांस्कृतिक विविधताका लागि सबै जात र समुदायको संरक्षण गर्न आफू लागेको समेत दाबी गरे ।

चाक्चाकुर चाडका अवसरमा आज काठमाडौं उपत्यकाभित्र बसोबास गर्ने कुलुङ समुदाय भेला भई शुभकामना आदानप्रदान गरेका छन् । ‘मिनारी अर्थ पाखुरी र दाचामको अर्थ अन्न भण्डारणको प्रयोग गर्ने पहिलो दिन हो । यस दिन अन्नको विभिन्न परिकार बनाएर खाने र पितृलाई सम्झने गरिन्छ’, किराँत कुलुङ भाषा संस्कृति उत्थान सङ्घ काठमाडौं उपत्यका कार्यसमितिका अध्यक्ष घनश्याम कुलुङले बताए ।

चाक्चाकुर चाड खाद्यान्न भण्डारण गरिएको अन्न उपभोगले स्वास्थ्यमा प्रतिकूल असर नगरोस् र सबैको सुख शान्तिका लागि कुलुङ समुदायले चाक्चाकुर चाड मनाउने गर्छन् । आज किराँत यलेदोङ पात्रका अनुसार ५०८२ को अन्त्य र येलेदोङ ५०८३ सुरु भएको छ । .नयाँ वर्षको अवसरमा किरात कुलुङ विद्यार्थी सङ्घले पाचाैँ महाधिवेशन–२०७९ पनि सम्पन्न गरेको छ ।

कुलुङ समुदायको उद्गमस्थल सोलुखुम्बुको माहाकुलुङमा गाउँपालिका भएको र मुख्यगरी सङ्खुवासभा, भोजपुर र इलामलगायत जिल्लामा ठूलो समूदायमा बसोबास गरेको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?