न्यूनतम साझा कार्यक्रमको संयोजक विष्णु पौडेल, ओलीको नेतृत्वमा उच्चस्तरीय समिति

लोकपथ
78
Shares

काठमाडौं । कामकारबाहीलाई प्रभावकारी बनाउन सरकारले उच्चस्तरीय संयन्त्र र साझा न्यूनतम कार्यक्रम मस्यौदा समिति बनाएको छ ।

सरकारले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाएको हो । त्यसैगरी साझा न्यूनतम कार्यक्रमको मस्यौदा समितिको संयोजकको जिम्मेवारी अर्थमन्त्री विष्णु पौडेललाई जिम्मेवारी दिइएको छ ।

उक्त समितिमा माओवादीका तर्फबाट वर्षामान पुन, राप्रपाबाट डा. धवलशम्शेर राणा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. मुकुल ढकाल सदस्य रहेका छन् ।

उक्त समितिले ५ दिनभित्र साझा न्यूनतम कार्यक्रम तयार गर्नुपर्ने जिम्मेवारी पाएको समितिले आजबाट काम थालेको छ ।
उक्त समितिले अर्थतन्त्रमा देखिएको समस्या कसरी समाधान गर्ने भन्ने योजना सहितको कार्यक्रम ल्याउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?