मोबाइल ल्याउन कडाइ गरिएको विरोधमा चल्यो ‘नो रेमिट्यान्स’ अभियान

लोकपथ
49
Shares

काठमाडौं । विदेशबाट एक भन्दा बढी मोबाइल ल्याउन सरकार बनाएको नियमको विरोधमा विदेशमा बस्ने नेपालीहरुले ‘नो रेमिट्यान्स’ अभियान चलाएका छन् ।

उनीहरुले सामाजिक सञ्जालमा ‘ह्यास ट्याग’ गरी नो रेमिटेन्स अभियान चलाएका हुन् ।

विदेशबाट आउने नेपालीले आफूले चलाउने बाहेक दोस्रो मोबाइलमा १८ प्रतिशत भन्सार तिनुपर्ने र तेस्रो मोबाइल नै जफत हुने व्यवस्था रहेको थियो । भने विदेशबाट ल्याइएका मोबाइलहरु दर्ता गर्नुपर्ने नियम बनाइएको थियो ।

यद्यपी चौतर्फी विरोधपछि शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सो नियम कार्यान्वयन नगर्न निर्देशन दिएका छन् ।

सो नियम ल्याउने घोषणापछि रेमिट्यान्सले देश धानिरहेको भन्दै विदेशमा रहेका नेपालीहरुले आफूहलाई उपेक्षा गरिए०को भन्दै अभियान चलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?