काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावास अगाडी केही मानअधिकारवादी नेताहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीले केही मानवअधिकारवादी नेताहरुलाई पक्राउ समेत गरेको छ ।
महानगरीय प्रहरी वृत्त, लैनचौरले एम्नेस्टी इन्टरनेश्नल नेपालका अध्यक्ष विक्रम ढुकुछु, महासचिव कर्ण कुँवरसहितका प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुले भारतमा भएको एउटा घटनालाई लिएर विरोध प्रदर्शन गरेको प्रहरीले जनाएको छ । तर, सो घटनाबारे भने केही बताइएको छैन ।
काठमाडौं प्रहरी परिसरका डीएसपी एवं प्रवक्ता होविन्द्र बोगटीका अनुसार अहिले एशिया प्यासिफिक समिटमा सहभागी हुन विदेशी काठमाडौं आउने क्रम जारी भएकोले उनीहरुको आवतजावतमा समस्या नहोस् भनेर नियन्त्रणमा लिइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया