चौतर्फी विरोधपछि एमडीएमएस प्रणाली स्थगित

लोकपथ
28
Shares

काठमाडौं । चौतर्फी विरोधपछि सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली स्थगित भएको छ ।

विदेशबाट स्वदेश फर्किने नेपालीले मोबाइल ल्याउने व्यवस्थाबारे अन्योल भएपछि तत्कालका लागि उक्त सिस्टमको कार्यान्वयन स्थगित गरिएको सरकारकाले स्थगित गर्न निर्देशन दिएको हो ।

सो प्रणाली अन्तर्गत विदेशबाट ल्याइएका मोबाइल अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था रहेको थियो । आजबाट अनिवार्य रुपमा मोबाइल दर्ता गर्नुपर्ने तोकिए पनि चौतर्फी विरोधपछि उक्त व्यवस्था हटेको हो ।

उक्त व्यवस्था हटेसँगै पुरानै व्यवस्था लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?