अस्ताए फुटबलका सर्वकालीन महान् नायक पेले

अब सम्झनामा मात्र

फुटबल भन्नासाथ पेलेको नाम हर कोहीको दिमागमा आउने गर्छ । पेले विश्व फुटबलका निर्विवाद सर्वकालीन महान् खेलाडी हुन्भन्दा फरक नपर्ला । ब्राजिलको देश कोरसोंइसमा अक्टोबर २३, १९४० मा जन्मिएका पेलेको वास्तविक नाम एड्सन अरान्ते दो नासिमेन्तो हो ।

निकै गरीब परिवारमा जन्मिएका पेलेको बाल्यकाल अभावै अभावमा बितेको थियो । उनी बाल्यकालमा नांगो खुट्टाले झुम्राको बल खेल्ने गर्थे । हुने विरुवाको चिल्लो पात भनेझै बाल्यकालमै उनले सडकमा खेल्ने गरेको खेलबाट नै मानिसहरु प्रभावित हुने गरेका थिए । उनले सडकबाटै फुटबलको कला सिकेका थिए । १६ वर्षको उमेरमै पेलेले ब्राजिलको राष्ट्रिय टोलीबाट फुटबल खेलेका थिए । र १७ वर्षको उमेरमा विश्वकप खेल्ने विश्वकै कान्छो खेलाडी पनि बनेका थिए ।

सन् १९५८ को विश्वकपसम्म उनलाई सबैले एड्सन नामले बोलाउने गरेका थिए । १९५८ को विश्वकपमा उनले धुम मच्चाएपछि उनी पेले नामले चिनिन थाले । १९५८ को विश्वकपमा ब्राजिलले अर्जेन्टिनाको सामना गरेको थियो । पेलेले उक्त खेलमा विश्वकपमा डेब्यु गरेका थिए जुन खेलमा उनले अर्जेन्टिनाविरुद्ध गोल गरे । पेलेले डेब्युमा गोल मात्र होइन उक्त संस्करणको विश्वकप नै ब्राजिललाई जिताए । डेब्यु खेलमै गोल गरेपछि पेलेले मात्र होइन ब्राजिलले पनि पछाडि फर्केर हेर्नुपरेन । ब्राजिललाई विश्व च्याम्पियन बनाउँदै तहल्का मच्चाएका पेले पछि शताब्दीका महान् फुटबलरको रुपमा चर्चित बने ।

Brazilian soccer legend Pelé dead at 82 - ABC News

कसरी रहन गयो पेले नाम ?

ब्राजिलियन (पोर्चुगिज) भाषामा नांगो खुट्टाले बल खेल्नुलाई पेलेदास भनिन्छ । चरम गरीबीका कारण पेलेको बाल्यकाल नांगो खुट्टाले बल खेलेर बितेको थियो । उनको खेलको सम्मानमा मानिसहरुले उनलाई पेले भनेर बोलाउन थाले । मानिसहरुले उनलाई पेले भनेर बोलाउँदा आदर, माया र स्नेहसमेत गाँसिएका कारण उनले पनि पेले नाम रुचाए । यसरी उनको नाम पेले रहन गएको हो । फुटबल र पेले एक अर्काका पर्यायवाची हुन् ।

विश्वकपबाट उदाएका पेले

विश्वकपको प्रत्येक संस्करणमा खेल्दै आएको भएपनि पेलेले खेल्नुभन्दा अगाडि ब्राजिलले एकपटक पनि विश्वकप उपाधि जितेको थिएन । सन् १९५८ को विश्वकपमा पेलेलाई खेलाइएपछि ब्राजिल पहिलोपटक विश्व च्याम्पियन बन्यो । उक्त विश्वकपमा पेलेले आफ्नो उत्कृष्ट खेल देखाउँदै ६ गोल गरे । उनले फ्रान्सविरुद्धको सेमिमफाइनलमा ह्याट्रिक गरेपछि ब्राजिल ५–२ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको थियो । फाइनलमा पनि पेलले उत्कृष्ट खेल पस्केका थिए । स्विडेनविरुद्ध फाइनल मा पेलेले २ गोल गरेका थिए । उक्त खेलमा ब्राजिल ५–२ ले विजयी हुँदै पहिलो पटक विश्व च्याम्पियन बन्न सफल भएको थियो ।

सन् १९६२ मा चिलीमा आयोजना भएको सातौं संस्करणको विश्वकपमा पनि फाइनलमा ब्राजिलले चेकोस्लोभाकियालाई ३–१ गोलले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको थियो । सन् १९६६ मा इंग्ल्यान्डमा आयोजना भएको विश्वकपमा भने पेले र ब्राजिलियन टिमको प्रदर्शन राम्रो हुन सकेन । ब्राजिल समूह चरणबाटै बाहिरिएको थियो ।

सन् १९७० मा ब्राजिलले फाइनलमा इटालीलाई ४–१ गोलले हराउँदै ब्राजिल तेस्रो पटक उपाधि जित्यो । फाइनलमा पेलेले सुरुवाती गोल गरेर ब्राजिललाई अग्रता दिलाएका थिए । उक्त विश्वकपमा पेलेले ४ गोल गरेका थिए ।
सन् १९५८, १९६२ र १९७० तीन पटकमा विश्व च्याम्पियन बन्ने टोलीमा सहभागी भएका आजसम्मकै एक मात्र खेलाडी पेले हुन् ।

पेलेले गरेका गोलको वर्षा

पेलेले २२ वर्ष सक्रिय व्यावसायिक फुटबल खेले । आफ्नो २२ वर्षको खेल जीवनमा कुल १ हजार ३ सय ६३ वटा खेलमा उनले १ हजार २ सय ८१ गोल गरे । एक हजारभन्दा बढी गोल गर्ने एक मात्र खेलाडी मानिएका पेलेले आजीवन ब्राजिलियन क्लब सान्तोसकै लागि मात्र खेले । उनले ब्राजिलका लागि कूल ९१ खेल खेलेका थिए जसमा उनले ७७ गोल गरे ।

Pelé Dead at 82 | Vanity Fair

रेफ्रीले छाड्नुपरेको थियो मैदान

सन् १९६८ को कुरा हो पेले आबद्ध क्लब सान्तोस एफसीले कोलम्बियन ओलम्पिक स्वाडसँग एउटा मैत्रीपूर्ण खेल खेलिरहेको थियो ।
दर्शकहरूले भरिभराउ रङ्गशालामा रेफ्रीले फाउल र आफ्नो अपमान गरेको भन्दै पेलेलाई मैदान छाड्न भने । रेड कार्डको चलन सन् १९७० बाट मात्रै शुरु भएको थियो ।
रेफ्रीको उक्त निर्णयको विरोधमा सान्तोसका खेलाडीहरूले उनलाई घेरे । दर्शकहरूको भिडले पनि उक्त निर्णयको विरोध ग¥यो । त्यसपछि रेफ्रिले नै केही समयलाई मैदान छोड्नुपरेको थियो । पेलेलाई भने तत्कालै खेलमा भित्र्याइएको थियो ।

पेलेको आग्रहमा रोकिएको थियो युद्ध

सन् १९६९ फेब्रुअरी ४मा नाइजेरियामा युद्ध भइरहेको थियो । उक्त समयमा पेलेको क्लब सान्तोस एफसी विश्वको निकै प्रसिद्ध फुटबल क्लबमध्ये एक थियो । त्यतिबेला संसारभरिका क्लबहरुसँग मैत्रीपूर्ण खेल खेल्ने अवसर सान्तोस एफसीले पाएको थियो ।

उक्त समयमा नाइजिरियामा युद्ध भइरहेको थियो । ब्राजिलको टोलीको सुरक्षाका लागि पक्षबीच युद्धविराम घोषणा गरिएको थियो । उक्त खेलमा सान्तोस क्लबले नाइजिरियाको स्थानीय टोलीलाई बेनिन सहरमा २–१ ले पराजित गरेको थियो । खेलका लागि युद्धविरामको घोषणा भएको कुरा पेलेले आफ्नो अन्तर्वार्तामा बताएका थिए ।

Pelé dead at 82 after stellar football career for Brazil | Financial Times

अपहरणमा परेका थिए पेले

सन् १९७२ को सेप्टेम्बर ५ मा सान्तोस एफसीको ट्रिनिडाड एन्ड टोबागोमा खेल खेलिरहेका थिए । त्यहाँ आन्दोलन भएको र सडकमा ट्याङ्क देखिएको कुरा खेलाडीहरूले सञ्चारमाध्यमहरूलाई पछि बताएका थिए । उनीहरू सक्दो छिटो खेल खेलेर विमानमा फर्किने तरखरमा थिए । तर पेलेको ४३ मिनेटको गोलपछि दर्शक अनियन्त्रित भएका थिए । दर्शकहरू मैदानमै गएर काँधमा पेलेलाई बोकेर सडकमा विजय जुलुस निकाले ।
उनलाई त्यसबाट उद्धार गर्न केही समय लागेको थियो ।

गोलरक्षक पेले

पेलेको समयमा अहिलेको जस्तो धेरै खेलाडी परिवर्तनको व्यवस्था थिएन । एउटा खेलमा एक खेलाडी मात्र फेर्ने पाउने नियम रहेको थियो । सोही बेलामा पेलेले क्लब र राष्ट्रिय टोलीका लागि गोलरक्षक बनेर पनि खेलेका थिए । सान्तोस फुटबल क्लबका लागि उनी चार चोटी गोलरक्षक बने । त्यसमध्ये सन् १९६४ मा आयोजित ब्रजिलियन क्लबको सेमिफाइनल खेल पनि थियो । उक्त खेलमा उनको टोली विजयी भयो। पेलेले कुनै गोल खाएनन् ।

राष्ट्रपति बन्न चाहन्थे

पेलेले सन् १९९० मा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई सन् १९९४ को चुनावमा राष्ट्रपतिमा लड्ने कुरा आफूले रुचाइरहेको बताएका थिए । तर उनले त्यो अवसर कहिल्यै पाएनन् । राष्ट्रपति बन्न नसकेपनि उनी राजनीतिमा प्रवेश गरेर सन् १९९५ देखि सन् १९९८ सम्म ब्रजिलको खेलकुदमन्त्री भने बनेका थिए । सन् १९७४ मा पेलेले खेलबाट संन्यास लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?