काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरुले आफ्नो अभियानलाई जिल्ला तहमा विस्तार गर्ने भएका छन् ।
बिहीवार काठमाडौंमा बसेको समिक्षा बैठकले देशभरबाट सकारात्मक प्रतिक्रिया आएको भन्दै अभियानलाई विस्तार गर्ने निर्णय गरेको हो ।
नेकपाका केन्द्रीय सदस्यले पार्टीभित्रको पक्षपात र व्यक्तिवादी एकाधिकारविरुद्ध पार्टी नेतृत्वलाई लिखित पत्र बुझाएका थिए । सो लिखित पत्र बुझाएसँगै उनीहरु आफ्नो अभियानलाई जिल्ला तहमा विस्तार गर्ने भएका हुन् ।
जगन्नाथ खतिवडा, ठाकुर गैरे, रामकुमारी झाँक्री, डा. विजय पौडेल, सहितका १८ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया