उकालो लाग्दै कोरोना संक्रमित

लोकपथ
65
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण फेला परेका छन् । पछिल्ला केहीदिन यता घट्दो क्रममा रहेको संक्रमणदर पुनः उकालो लाग्न थालेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा भएको ३ सय १९ आरटीपीसीआर तथा ५ सय ३९ एन्टीजेन परिक्षण गरि कुल ८ सय ५८ जनामा गरिएको परिक्षणबाट १४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि हुने सबै जना आरटीपीसीआर विधिबाट फेला परेका हुन । सो समयमा १३ हजार ३ सय ३८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । कोभिडबाट कसैले पनि ज्यान नगुमाउँदा हाल देशभरमा २७ सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, बुधवार कोरोनाबाट ८ जना संक्रमित थपिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?