आज पुस १४ : स्व.राजा वीरेन्द्रको जन्मजयन्ती मनाइँदै

लोकपथ
21
Shares

काठमाडौं । आज पुस १४ गते स्व.राजा वीरेन्द्रको ७८ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । बुबा महेन्द्र शाह तथा आमा इन्द्रराज्य लक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्र वीरविक्रम शाहको जन्म २००२ साल पुस १४ मा भएको थियो ।

स्वर्गीय राजा वीरेन्द्रको जन्म जयन्तीका दिन राजधानीको हनुमानढोका, मखन पशुपतिनाथमा माल्यार्पण तथा विशेष पूजाको आयोजना गरी मनाइँदै छ । विसं २०२८ सालमा नेपालको राजा बनेका उनले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए ।

त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो । नेपाललाई शान्ति क्षेत्र बनाउने प्रश्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ । इतिहासकै अकल्पनीय घटनाका रूपमा विक्रम संवत २०५८ साल जेठ १९ गते शुक्रबार नारायणहिटी दरबारभित्र राजा वीरेन्द्रको वंशनाश भएको थियो ।

तत्कालीन रानी ऐश्वर्य, युवराज, दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतीलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ । त्यो दिनलाई नेपाली जनताले अहिले पनि कालो दिनका रूपमा सम्झिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?