काठमाडौं । पर्साका निरज कुमार पासवानको हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका–२५ र्सिसियाका १४ वर्षीय पासवानको हत्या गरेको अभियोगमा २४ वर्षीय कृष्णा भन्ने श्याम प्रसाद यादव र ३० वर्षीय दिलिपकुमार पटेललाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार दुवै जनालाई सार्वजनिक गरेको हो ।
पासवान गत मंसिर ५ गतेदेखि बेपत्ता थिए । हराएको ३५ दिनपछि गत आइतबार उनको शव घर नजिकैको स्कुलको सेफ्टी ट्यांकीभित्रबाट भेटिएको थियो।
पासवान हराएको १२ दिनपछि उनका बुवालाई पक्राउ परेका यादव र पटेलले फोन गर्दै ५० लाख फिरौती मागेका थिए । ५० लाख फिरौती नदिएकै कारण उनीहरुले पासवानको हत्या गरेको स्वीकारेका जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता दीपक गिरीले जानकारी दिए।
पक्राउ परेका दुवै जनालाई अदालतबाट अपहरण र शरीर बन्धक मुद्दामा म्याद थप गराइ अनुसन्धान जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया