लामो समयपछि रसुवागढी नाका खुला, चीनतर्फ वस्तु निर्यात

लोकपथ
21
Shares

काठमाडौं । नेपाल चीन आवतजावत गर्ने रसुवागढी नाका लामो समयपछि खुला भएको छ ।

कोरोना महामारीको जोखिमपछि बन्द रहेको उक्त नाका मंगलबारबाट खुला भएको हो ।

मंगलबारबाट उक्त नाका सञ्चालन गरी मालसामान समेत निर्यात भएको रसुवाका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार नाका खुलेको पहिलो दिन नेपालबाट ५० लाख ७० हजार रुपैयाँ बराबरको वस्तु नाकाबाट निर्यात भएको हो ।

नेपालबाट बाँसको मुढा, तामाका भाँडा लगायतका वस्तु चीनतर्फ निर्यात भएको भण्डारीले बताए ।

नेपाल सरकारले कोभिड–१९ महामारीलाई मध्यनजर गर्दै २०७६ चैत ६ गतेबाट नेपाल भित्रिने सबै नाका सिल गरेको थियो । अन्य नाकाहरु खुला रहे पनि सो नाका भने बन्द भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?