कांग्रेस बैठक शुरु, यी विषयमा छलफल हुँदै

काठमाडौं । विधान संशोधन मस्यौदामाथि छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ । 

बिहीवार अपराह्नबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको बैठकमा पार्टीको विधान संशोधन मस्यौदामाथि छलफल शुरु भएको पार्टी कार्यालयले जनाएको छ । 

यसअघि मंसिर ९ गते बसेको पार्टीको बैठकले विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रतिवेदन अध्ययनका लागि तीन दिनको समय दिएको थियो । यसअघिको बैठकमा पार्टी महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको समितिले प्रतिवेदन पेश गरेको थियो ।

कांग्रेसले मुलुकको सङ्घीय संरचनाअनुसार पार्टीको विधान समयानुकूल परिमार्जन गर्न महामन्त्री खड्काको नेतृत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । 

कांग्रेसले विधान परिमार्जनका लागि यही मंसिर २८ देखि पुस ३० गतेसम्म पार्टीको महासमिति बैठक काठमाडौंमा गर्ने भएको छ । पार्टी केन्द्रीय कार्य समितिले पारित गरेको विधान संशोधन मस्यौदा महासमिति बैठकले पारित गरेपछि लागू हुनेछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?