प्रजातन्त्रवादी चिकित्सक संघले गठन गर्‍यो निर्वाचन परिचालिन समिति

लोकपथ
7
Shares

काठमाडौं । प्रजातन्त्रवादी चिकित्सक संघले नेपाल चिकित्सक संघ केन्द्रीय कार्यकारिणी समिति २०७९/२०८२ का लागि हुन लागेको चुनावका लागि निर्वाचन परिचालन समिति गठन गरेको छ । संघले कार्यकारिणी समिति चयन गर्नका लागि १३ सदसीय समिति चयन गरेको हो ।

प्रजातन्त्रवादी चिकित्सक संघको तर्फबाट उम्मेदवार भएका चिकित्सकहरुलाई अत्याधिक बहुमतले विजयी बनाउनका निमित्त प्रजातन्त्रवादी चिकित्सक संघका केन्द्रीय महासचिव डा. संयुक्त आचार्यको संयोजकत्वमा समिति गठन गरिएको छ ।

आचार्यको संयोजकत्वमा गठित समितिमा डा. सुजिता भण्डारी,डा. नेहाल असरफ,डा. सन्तोष उपाध्याय, डा. नरेश भट्ट,डा. राजेश कुमार यादव, डा. रविन वस्नेत, डा. राकेश शाह, डा. उज्जवल चालिसे, डा. सुजन न्यौपाने, डा. इश्वर कार्की,डा. दिपा जोशी र डा. संगिता भुसाल सदस्य रहेको प्रजातन्त्रवादी चिकित्सक संघ बरिष्ठ उपाध्यक्ष डा. विक्रान्त ढकालद्वारा जारी पत्रमा उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?