काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आजदेखि चारदिनसम्म लागू भएको जोरबिजोर प्रणालीको अवज्ञा गर्न आह्वान गरेका छन् ।
जोर विजोरको अवज्ञा गर्न ‘युथ कांग्रेस नेपाल’ नामक संस्थाले गरेको आहृवान पोष्ट गर्दै थापाले ट्वीट गर्दै लेखेका छन्, ‘‘सही कामको लागि सरकारले आह्वान गर्दा जोर–बिजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ । तर, धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ । सरकारको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य हो, अवज्ञा गरौं ।’
‘एसिया प्यासिफिक समिट २०१८’मा सहभागी हुन आउने अधिकांश विशिष्ट पाहुनाका लागि आवत–जावतलाई सहज बनाउने सरकारले आजदेखि चारदिनसम्म सवारी साधनमा जोर–बिजोर लागू गरेको हो ।
राजधानीको बौद्धस्थित ह्यात, बत्तीसपुतलीको द्वारिकाज, दरबारमार्गको याक एन्ड यती र कालीमाटीको सोल्टी होटलमा विशिष्ट पाहुनालाई बस्ने व्यवस्था मिलाइएको छ ।
जोरबिजोरका कारणले आम जनताले सास्ती पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया