म्यानमारकी नेतृ आङ सान सुकी काठमाडौंमा

काठमाडौं । म्यानमारकी नेतृ आङ सान सुकी काठमाडौं आइपुगेकी छन् । 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वागत गरे । त्यहाँ  नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण गरेको थियो ।

एसिया प्यासेफिक सम्मेलनमा सहभागी हुन उनी काठमाडौं आएकी हुन् । काठमाडौंको बौद्धस्थित ह्यात होटलमा शुक्रबारबाट चारदिनसम्म सम्मेलन आयोजना हुँदैछ ।

सम्मेलनमा ४५ देशका १५ सय पाहुनाको सहभागिता रहने युपीएफले जनाएको छ । आयोजकका अनुसार सम्मेलनको उदघाटन सत्रमा विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखबाट सम्बोधन हुनेछ भने दोस्रो सत्रमा शान्ति, विकास, सुशासन र सांसदहरूको भूमिका, तेस्रो सत्रमा अन्तर धार्मिक संगठन र नागरिक समाजको भूमिका, चौथो सत्रमा जलवायु परिवर्तन र पाँचौ सत्रमा सञ्चार माध्यमको भूमिका विषयमा छलफल हुनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?