झुन्डिएको अवस्थामा एक बालकको शव फेला

लोकपथ
77
Shares

हेटौंडा । हेटौंडामा हात बाँधेर झुन्डिएको अवस्थामा एक बालकको शव फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ स्थित हटियामा सोमबार हात बाँधिएको अवस्थामा एकजना बालक रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

अन्दाजी १२ वर्षका मुस्कान भानिने सुजन थिङ दुबै हात बाँधिएको अवस्थामा रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्किले बताए ।

घरबाट करिब २ सय मिटरको दुरीमा रहेको सामुदायिक वनमा रुखमा कपडाको पासो लगाई बालक झुण्डिएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे जानकारी हुना साथ घटनास्थल सुरक्षित गर्ने र शवको अनुसन्धान सुरु गरिएको उनको भनाई छ । बालकको आत्महत्या नभई हत्या भएको हुनसक्ने आशंकामा अनुसन्धान अगाडि बढाएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?