निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्छु: गृहमन्त्री लामिछाने

लोकपथ
28
Shares

काठमाडौं । नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कन्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन अधिकतम पहल गर्ने बताएका छन्।

सोमबार उपप्रधान तथा गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि लामिछानेले सिंहदरबारस्थित मन्त्रालय पुगेर पद्‌भार  ग्रहणका क्रममा प्रतिक्रिया दिँदै उपप्रधानमन्त्री लामिछानेले गृह मन्त्रालयका अधिकरीहरुलाई ‘निर्मला पन्तको न्यायका लागि थप पहल गर्ने’ निर्णय ल्याउन भनेका हुन्।

उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?