गृहमन्त्री लामिछानेको नागरिकता छानबिन माग गर्ने नेविसंघका नेताहरु पक्राउ

लोकपथ
260
Shares

काठमाडौं । नवनियुक्त गृहमन्त्री रवि लामिछानेको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका नेताहरु पक्राउ परेका छन् । लामिछानेको शपथग्रहण चलिरहेका बेला उनीहरूले नागरिता छानविन गर्न माग गर्दे उनीहरुले पदर्शन गरेका थिए ।

लामिछानेले विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता नलिई उम्मेदवार बनेको भन्दै लामो समयदेखि मुद्दा चलिरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछाने चितवन २ बाट सबैभन्दा बढि मतान्तरले जित्ने उम्मेदवारसमेत बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?