जुम्लाका प्रमुख सेनानी रुपाखेती मृत फेला

लोकपथ
112
Shares

काठमाडौं । नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) अञ्जन रुपाखेती मृत फेला परेका छन् । जुम्लामा कार्यरत रुपाखेती बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

परिवारका सदस्य आएपछि रुपाखेतीको शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

रुपाखेती नेपाली सेनाको २४ नम्बर बाहिनीमा कार्यरत थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?