काठमाडौं । नेपालकै उत्कृष्ट ब्यूटी सैंलुन फेसियल हाउसले मुख्य कार्यालय काठमाडौं मलमा स्थापनाको १५औँ वर्ष मनाएको छ । विभिन्न उपलब्धि र चुनौतीका बाबजुद नेपालकै नम्बर १ ब्यूटिपार्लर बन्न सफल फेसियल हाउस १५ औँ वर्षमा आइपुग्दा आफ्नो छुट्टै नाम र सान स्थापित गर्न सफल भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, विशेष अतिथि नेपाल सुन चाँदि तथा रत्न आभुषण संघका अध्यक्ष जोत्सना श्रेष्ठ , नेपाल राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, राजनीतिक विश्लेषक प्रकाश रायमाझी लगायत कलाकार, पत्रकारको बाक्लो उपस्थीति रहको थियो ।
१५ वटा केक काट्दै सेलिव्रेशन गरिएको बार्षिकोत्सवमा महराले आगामी दिनमा फेसियल हाउसलाई नेपालका ७७ वटै जिल्लामा बिस्तार गर्ने योजना समेत रहेको सुनाइन् । महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले सयौंको संख्यामा महिला दिदि बहिनीहरुलाई रोजगारी दिनु सामान्य कुरा नभएको बताईन् । उनले महिला चम्बरले फेसियल हाउससँग सहकार्य गर्ने समेत बताईन् ।
त्यस्तै, यो अवधिमा यस पार्लरको ब्राण्ड नेपालमा मात्र होइन अन्तर्राष्ट्रिय जगतमा पनि लोकप्रिय बनिसकेको छ । राष्ट्रिय उपभोक्तता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । उनले केहि वर्ष अगाडी फेसियल हाउस बन्दनै गर्ने किसिमको प्रहार भएको स्मरण गर्दै सुष्मा महराको अत्मा विश्वासका कारण नै हामि अझ ठुलो फेसियल हाउसमा १५ औँ वार्षिक उत्सब मनाइरहेको छौं” उनले बताए ।
राजनीतिक विश्लेषक प्रकाश रायमाझीले धमाधम मानिसहरु विदेश पलायन भैरहेको बेला रोजगारी युक्त व्यवसाय गर्नु नै पौरखि हातहरु भएको र यस्तै पौरखि हातहरुको प्रयासले नै देश समृद्धी तिर जाने उनले बताए । सबै प्रकारका सौन्दर्य सेवा एकै ठाउँमा प्राप्त गर्न सकिने फेसियल हाउसमा गुणस्तरीय सौन्दर्य सामाग्री प्रसोधनगरी मात्र प्रयोग गरिने भएकाले सबै ग्राहकको पहिलो रोजाईमा पर्न सफल भएको हो ।
अनुभवी तथा दक्ष सौन्दर्यकर्मीबाट सेवा प्रदान गरिने यो ब्यूटिपार्लरका सेवाहरु सबै उत्कृष्ट छन् । अनुहार र कपालमा रहेका समस्यालाई फेसियल हाउसकी सञ्चालक एवम् बरिष्ठ सौन्र्यविद् सुष्मा महरा आफैले स्कीन टेस्ट हेयर टेस्ट हेर्ने भएकाले पनि समस्या लिएर आउने ग्राहकहरुको भिड बढिरहेको छ ।
उनले दिने सल्लाहा सुझाव र आफ्नो त्वजाको स्याहार कसरी गर्ने भन्ने अचुक उपाय दिने गर्दछन् । फेसियल हाउसमा गरिने हेयर स्ट्रेट र हेयर कलर पनि लामो समयसम्म टिक्ने सेवाग्राही बताउँछन् । चाडपर्वको अवसर पारेर ग्राहकहरूलाई विभिन्न सुविधा प्रदान गर्दै आएको फेसियल हाउसले सौन्दर्यको क्षेत्रमा आएका नयाँ–नयाँ टेक्नोलोजीहरुलाई पनि उत्तिकै प्राथमिकतामा राखेका कारण पनि यसप्रति ग्राहकको आकर्षण बढेको हो ।
सफा एवम् सुन्दर वातावरणमा सेवा सञ्चालन गर्दै आएको फेसियल हाउसले नेपालका विभिन्न ठाउँमा आफ्नो शाखा विस्तार गरिरहेको छ । यसैबाट पनि फेसियल हाउसको लोकप्रियतालाई सजिलै बुझ्न सकिन्छ । प्रधान कार्यालय काठमाडौंको सुन्धारामा रहेको फेसियल हाउसले सिटिसी मल, चावहिल, पोखराको ट्रेड मल, सुर्खेतको न्यूरोड र कैलालीको धनगढीबाट आफ्नो सेवा दिइरहेको छ ।
काठमाडौंको काठमाडौं मलबाट एकैपटक ८० जना भन्दाबढि सेवाग्राहीलाई सर्भिस दिइरहेको फेसियल हाउसकी प्रवन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद् सुष्मा महाराले जानकारी दिएकी छिन् । फेसियल हाउसले साना बच्चादेखि लिएर वृद्धवृद्धासम्मका लागि विभिन्न समयमा छुटाछुट्टै प्याकेजहरु ल्याउने गरेको छ । यस्ता प्याकेजले सेवाग्राही थप लाभाम्वित भएका छन् ।
ट्याटू रिमुुभर, लेजर मेसिन, हेयर, ब्यूटी र स्किन केयर मेसिन, स्किन टेष्ट, कृत्रिम परेला प्रत्यारोपण (आईलाईसिस एक्टेन्सन), जेल नेल आर्ट, पर्मानेन्ट मेकअफ, पेयर सिन, डेडलक, हाईट्रा फेसियल जस्ता थुप्रै नयाँ पुस्तामा प्रचलित हुने प्रविधिहरु फेसियल हाउसमा उपलब्ध छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया