काठमाडौं महानगरकी उपप्रमुख डङ्गोलद्धारा आश्रमका ज्येष्ठ नागरिकलाई भोजनसेवा

लोकपथ
7
Shares

काठमाडौं । ज्येष्ठ नागरिक दिवसको अवसरमा काठमाडौं महानगरका उपप्रमुख सुनिता डङ्गोलले काठमाडौंको रानीवनस्थित मानवसेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई आज भोजनसेवा गराएकी छिन् । दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर आश्रममा आश्रित जेष्ठ नागरिकसहित २ सय बेसहारा तथा असहायहरुलाई आज भोजनसेवा गराइएको हो ।

२०५१ पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको दिनको स्मरणमा गत वर्षदेखि यो दिवस मनाउन थालिएको हो । यो वर्ष आज दोस्रो ज्येष्ठ नागरिक दिवस मनाइदैछ । सो क्रममा उपप्रमुख डङ्गोलले मानवसेवा आश्रम आफ्नो परिवारजस्तो भएको बताउँदै ज्येष्ठ नागरिकहरुको सम्मान हामी सबैको कर्तव्य भएको बताईन् ।

उनले आश्रममा आश्रित ज्येष्ठ नागरिक तथा अन्य आश्रित व्यक्तिहरुलाई भोजनसमेत गराएकी हुन् । “मानवसेवा आश्रममा आउँदा र यहाँका आश्रित मानवहरुलाई भेटेपछि मलाई अझै बढी उर्जा र जिम्मेवारी महसुस हुन्छ”, उपप्रमुख डङ्गोलले भनिन्, “अग्रज र इतिहासको सदैब कदर गर्नुपर्छ अग्रजको सम्मन र माया पनि गर्नुपर्छ ज्येष्ठ नागरिकका लागि कर्तव्य पूरा पनि जाग्नुपर्छ ।”

उनले सहयोगापेक्षी सडकमानवहरुका लागि आफूले र महानगरले गर्नसक्ने सबै कार्य गर्ने प्रतिबद्धता पनि जनाईन् । उपप्रमुख डङ्गोलले हाल मानवता प्रवर्धनका लागि महिनाव्यापी रुपमा आयोजित साङ्गीतिक यात्राका क्रममा यही १६ गते काठमाडौंको भृकुटीमण्डपमा हुन लागिरहेको नेपथ्य लाइभ कन्सर्टमा सहभागि भई मानवीय सेवामा सहयोग गर्न पनि सबैमा अनुरोध गरेकी छिन् । उनी काठमाडौं महानगरको उपप्रमुख हुनु अघि देखिनै सडक आश्रित मानवहरुको उद्धारमा सक्रिय हुँदै आएकी थिइन् ।

उक्त समारोहमा मानवसेवा आश्रमका केन्द्रिय सचिव तथा प्रवक्ता सुमन वर्ताैलाले आश्रमको सेवा कार्यलाई प्रभावकारी बनाउन तथा मानवता प्रवर्धनका लागि यसपटक मुलुकका प्रमुख १० शहरमा आयोजना गरिएको संङ्गीत यात्राको अन्तिम कार्यक्रम यही १६ गते भृकुटीमण्डपमा हुने जानकारी गराउँदै त्यसमा सहभागि हुन काठमाडौंबासीमा अनुरोध गरिने । उनले सडक आश्रित मानवका लागि काठमाडौं महानगरपालिकाको महत्वपूर्ण योगदान रहँदै आएको बताए ।

काठमाडौंको रानीवनस्थित मानवसेवा आश्रममा हाल सडकबाट उद्धार गरिएका २ सय जना असहाय, तथा बेसहारा सडकमानवहरु आश्रित छन् । १० वर्षको अवधिमा १९ जिल्लाका २३ सेवा केन्द्रबाट सेवा दिइरहेको आश्रममा अहिले एक हजार ६ सय सडकमानव तथा असहाय मनोरोगीहरु आश्रित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?