काठमाडौं । आइपीओ निश्कासनको योजनासहित पब्लिक लिमीटेडमा रुपान्तरण हुने देशकै पहिलो अस्पताल नर्भिकले वार्षिक साधारण सभा आह्वान गरेको छ । केही दिनअघि बसेको नर्भिक इन्टरनेशनल हस्पिटलको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते शुक्रवारका दिन वार्षिक साधारण सभा आह्वान गरेको हो ।
साधारणसभा थापाथलीस्थित बिएलसीको सभाकक्षमा हुने अस्पतालकी कम्पनी सचिव सलुजा श्रेष्ठले जानकारी दिइन् । साधारण सभाले सञ्चालक समितिबाट भएको प्रस्ताव बमोजिम आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना शेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णयलाई अनुमोदन गर्नेछ । घोषित कुल लाभांश मध्ये २० प्रतिशत बोनस शेयर २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) रहेको छ ।
यी दुवै प्रस्तावलाई साधारण सभाले अनुमोदन गर्ने छ । हाल नर्भिक अस्पतालको चुक्ता पूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । साधारण सभाबाट २० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित भएपछि चुक्ता पूँजी बढेर २७ करोड रुपैयाँको उचाईमा पुग्नेछ ।
सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७८/०७९ उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तसम्मको कम्पनीको वार्षिक आर्थिक विवरणमा छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/०८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट भएका निर्णयहरु अनुमोदन गर्ने लगायतका एजेण्डामाथि साधारण सभामा छलफल हुने अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया