सगरमाथा इन्स्योरेन्सद्वारा मौषममा आधारित धानबाली बीमाको क्षतिपुर्ति प्रदान

लोकपथ
21
Shares

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले मौषममा आधारित धानबाली बीमाको क्षतिपुर्ति प्रदान गरेको छ । परम्परागत ढाँचाको कृषि बीमालाई परिमार्जित गर्दै सगरमाथाले नेपाल बीमा प्राधिकरणको स्वीकृतिबाट पाइलटिङ बीमा योजनाकोरुपमा जारी गरिएको “बाढी सूचकाङ्कका आधारमा सामुहिक धान खेती बीमा” कैलाली जिल्ला, भजनी नगरपालिकाको वडा नम्बर ३ भित्रका दश वटा कृषक समुहहरुका एक सय जना कृषकहरुको ४० हेक्टर क्षेत्रफलमा सूचकाङ्कमा आधारित “भूमी अनुसन्धान तथा नीति संंवादका लागि सहकार्य (कोर्लाप) तथा युएसआईडी टायर नेपाल प्राकृतिक प्रकोप व्यवस्थापन आयोजना अन्तर्गतको आर्थिक सहयोगमा सञ्चालित परियोजना अन्तर्गत कैलाली जिल्लाका कृषकहरुको धान बालीको जोखिम वहन गर्ने उद्देश्यले धानबाली बीमा जारी गरिएको थियो ।

सोहि बीमालेख अन्तर्गत बीमा गरिएको धानबालीहरुमा २०७९ असोज ५ गते मोहना नदी र आसपासका क्षेत्रमा पानी वहाव बढ्न गई जलस्तर तोकिएको सूचकाङ्क भन्दाबढी भई धानबालीमा क्षति पुगेकोमा २०७९ पौष १० गतेका दिन भजनी नगरपालिकाका मेयर केवल चौधरीको प्रमुख आतिथ्य, कोलार्पका प्रतिनिधिको उपस्थितिमा सगरमाथा इन्स्योरेन्स कम्पनीका अण्डरराइटिङ विभाग प्रमुख दिवस तिमिल्सीनाले बाढीका कारण धान खेतिमा क्षति पुगेका ३१ जना कृषकहरुलाई क्षतिपुर्ति बापत जम्मा रकम चार लाख एक हजार चार सय ९९ रुपैयाँ दाबी भुक्तानी गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?