डीएसपी ठगबहादुर केसी प्रहरी नियन्त्रणमा, घरबाट ३५ तोला सुन बरामद

लोकपथ
252
Shares

काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले डीएसपी केसीलाई निवासबाटै नियन्त्रणमा लिएको हो ।

पुस ४ मा केसीलाई प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय कास्कीमा काज सरुवा गरेको थियो । काज भए पनि उनले रवाना लिएका थिएनन् ।

केसीको घरबाट प्रहरीले ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद गरेको छ ।

केसीमाथि गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको र व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?