१३ चैत्र २०७९, सोमवार

‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा नौ हजारको स्वास्थ्य परीक्षण

२०७९,पुष,९,शनिवार १०:४१

18
Shares

पर्सा । वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा नौ वडाका झण्डै नौ हजारले स्वास्थ्य परीक्षण गराएका छन् । नगरबासीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् भने आवश्यक औषधिसमेत वितरण हुँदै आएको छ ।

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले १७ देखि ३२ सम्मका वडामा यो अभियान सञ्चालन हुने र अहिलेसम्म नौ वटा वडाका जनताको घरदैलोमै पुगेको टोलीबाट स्वास्थ्य सेवा लिइसकेको बताए । गाडीमै जडान गरिएको प्रयोगशालाबाट आवश्यक स्वास्थ्य परीक्षण गरेर रिपोर्ट दिने गरिएको छ ।

यसले बजारका अस्पतालमा धाइरहनुपर्ने ग्रामीण क्षेत्रका जनतालाई राहत मिलेको छ । शिविरमा स्वास्थ्य जाँच गराएकालाई उनीहरुको स्वास्थ्य परीक्षण रिपोर्टको आधारमा विभिन्न ९८ प्रकारका औषधि त्यही उपलब्ध गराउँदै आएको छ । वीरगञ्जको वडा नम्बर ३० लालपर्साबाट गत भदौ २६ गतेदेखि यो कार्यक्रम सुरु भएको थियो ।

आइतबारदेखि पुनः अर्को वडामा यो अभियान सञ्चालन गरिने महानगरको स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले जानकारी दिए । अहिलेसम्म नौ वटा वडामा चलेको कार्यक्रममा पाँच हजार पाँच सय ६२ महिला र तीन हजार दुई सय १७ पुरुषले स्वास्थ्य जाँच गराएका छन् ।

प्रकाशित मिति: २०७९,पुष,९,शनिवार १०:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६