‘बिकिनी किलर’ शोभराज फ्रान्स डिपोर्ट

लोकपथ
301
Shares

काठमाडौं । फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई नेपालबाट देश निकाला ‘डिपोर्ट’ गरिएको छ । ‘बिकिनी किलर’ भनेर चिनिएका चार्ल्स शोभराजलाई अध्यागमन विभागले डिपोर्ट गरेको हो ।

‘१० वर्ष नेपाल प्रवेश गर्न नपाउने निर्णय गरि शोभराजलाई शुक्रवार बेलुका ६ बजेको कतार एयरवेजको क्यूआर–६४७ उडान मार्फत उनलाई स्वदेश फिर्ता गरिएको छ । शोभराजको दोहामा ट्रान्जिट हुने बताइएको छ ।’

उनी १९ वर्षदेखि नेपालको कारागारमा थिए । शोभराजलाई पुस ६ मा सर्वोच्च अदालतले कैद सजाय घटाएर रिहा गर्न आदेश गरेको थियो । न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठले उनलाई रिहा गर्न आदेश दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?