काठमाडौं । गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रविना थापा र एशिया प्रशान्त क्षेत्रका क्षेत्रिय सचिव एवम् आईसिसि सदस्य प्रदिप न्यौपानेले संयुक्त रुपमा विश्व साईकलयात्री ज्ञान महर्जनलाई विश्व भ्रमणको लागि साईकल हस्तान्तरण गरेका हुन । उक्त साईकल संघको पहल र एनसिसि चीनको सहयोगमा प्रदान गरिएको हो ।
आजको यस कार्यक्रमका प्रमुख अतिथि तथा संघका कार्यकारी अध्यक्ष रविना थापाले संघले नेपालको पर्यटन प्रवर्धनमा गरेका कार्यहरुबारे जानकारी गराए । उनले नेपालका प्रभावशाली व्यक्तित्वहरुलाई सहयोग गर्न पाउँदा खुशी लागेका बताए । विश्व साईकलयात्री महर्जनको मिशनलाई थप सहयोग गर्न एनसिसि चीनले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै अब हुन लागेको यात्रा शुखमय र फलदायी होस भनेर कामना गरे ।
संघको सचिवालयमा आयोजना गरिएको कार्यक्रममा एशिया प्रशान्त क्षेत्रका क्षेत्रिय सचिव प्रदीप न्यौपानेले आफ्नो मन्तब्य राख्दै यस पुनित कार्यको लागि एनसिसि चीन समक्ष प्रस्ताव आएको र यसलाई एनसिसि चीनले सकारात्मक रुपमा लिई नेपालको पर्यटन प्रवर्धनमा सहयोग गरेकोमा एनसिसि चीन प्रति हार्दिक आभार प्रकट गरे । उनले गैरआवासीय नेपाली संघ र एनसिसि चीनको झण्डासहित विश्वभ्रमण गर्न लागेकोमा विश्व साईकलयात्री महर्जनलाई सफल यात्राको लागि शुभकामन व्यक्त गरे ।
कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघका प्रवक्ता एवम् पर्यटन प्रवर्धनसमितिका सभापति सोम सापकोटाले संघले विभिन्न कालखण्डमा विभिन्न माध्यमबाट नेपालको पर्यटन प्रवर्धनमा गरेका गतिविधिहरु बारे जानकारी गराउँदै विश्वसाईकल यात्री महर्जनले आफ्नो यात्राका दौरान नेपालको पर्यटन प्रवर्धनका साथै ग्लोबल वार्मिङबारे सन्देश फैल्याउने योजनाको प्रशंसा गर्दै उहांको यात्राको लागि अग्रिम शुभकामना व्यक्त गरे ।
संघका सचिव गोविन्द प्रसाद गौतमले नेपाल पर्यटन प्रवर्धनएनसिसि चीनले खेलेको भूमिका प्रति हार्दिक धन्यवाद व्यक्त गरे । यसरी नै विश्वसाईकल महर्जनले ग्लोबल वार्मिङ क्याम्पेनका साथै नेपालको पर्यटन प्रवर्धनमा सहयोग गर्ने उद्देश्य लिएर सन् २०१३ मा चीनको ग्रेटवालदेखि साईकाल यात्रा सुरु गरेर हाल सम्म १५ वटा मुलुकमा यात्रा गरेको र आगामी जनवरी १५ देखी एशियाका विभिन्न मुलुकका साथै युरोपको भ्रमण गर्न लागेको जानकारी गराए । अन्त्यमा उनले गैरआवासीय नेपाली संघको पहलमा एनसिसि चीनले साईकल उपलब्ध गराई सहयोग गरेको प्रति धन्यवाद प्रकट गरे । अन्त्यमा यस कार्यक्रमका सभापति एवम् एनसिसि चीनका अध्यक्ष रोहित अग्रवालले नेपालको पर्यटन प्रवर्धनका साथै जलवायु परिवर्तनको मुद्दा लिएर भम्रण आयोजना गर्न लागेको प्रति केही सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै यात्राको शुभकामना व्यक्त गर्दै चीन भ्रमणको निम्तोसमेत दिए ।
यस कार्यक्रमको सञ्चालन सचिवालयका प्रमुख कार्यकारी अधिकृत रवि किरण अधिकारीले गरेका थिए । उनले नेपालमा देखा परेको ग्लोवल वार्मिङको असर र नेपालको पर्यटन बारे जानकारी गराउन यो भ्रमण सफल रहोस भनी शुभकामना व्यक्त गरेका छन् । कार्यक्रममा एनसिसि चीनका उपाध्यक्ष निर्मल चौलागाई, महिला संयोजक पुण्यवति सुवेदीका साथै अन्य कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, एनसिसि पपुवा न्युगिनीका महिला संयोजक दुर्गा भवानी भट्ट लगायतका गैरआवासीय नेपाली अभियन्ताहरुको सहभागीता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया