अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ केजी सुनसहित सुडानी नागरिक पक्राउ

लोकपथ
182
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ केजी सुनसहित सुडानी नागरिक पक्राउ परेका छन् ।

शुक्रबार दिउँसो उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार विभागले पक्राउ गरेको हो ।

उनको गतिविधि शंकास्पद लागेपछि उनलाई चेकजाँच गर्ने क्रममा साथबाट अर्धठोस अवस्थामा रहेको सुनलाई बेल्ट (पेटी) मा बाँधेर ल्याएको अवस्थामा पक्राउ गरिएको भन्सार विभागका प्रवक्ता यमराज पाण्डेले लोकपथलाई जानकारी दिए ।

पाण्डेका अनुसार फ्लाई दुवईबाट आएका उनी २ः१५ मा ल्याण्ड भएका थिए ।
पक्राउ पर्नेमा २७ वर्षीय सुडानी नागरिक मोहम्मत अहमत दफल्ला सराफेल्तिन रहेका छन् ।

‘दिउँसो २ः१५ मा उनी फ्लाई दुवइबाट नेपाल आइपुगेका थिए । ३ बजे भन्सार आइपुगेका उनको गतिविधि शंकास्पद लागेपछि चेकजाँच गर्ने क्रममा उनको साथबाट सुन भेटिएको थियो ।’ पाण्डले लोकपथसँग भने ।

उनका अनुसार उनको साथबाट १० वटा प्याकेट सुन भेटिएको थियो । अर्धठोस अवस्थामा रहेको सुनलाई कम्बरमा बाँधेर ल्याएका थिए ।

‘अर्ध ठोस वस्तुजस्तो देखिने वस्तु १० वटा प्याकेट रहेको थियो ।’ उनले भने, ‘सो वस्तु कम्बरमा बाँधेर ल्याएका थिए ।’

उनलाई पक्राउ गरि थप अनुसन्धानको लागि महानगरीय वृत्त गौशला पठाउने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?