काठमाडौं । पुस ८ र ९ गते पार्क सफारी रिर्सोट, सौराहा, चितवनमा नाडाका पूर्व अध्यक्षहरु, नाडाका सातै प्रदेश एशोसिएशनका अध्यक्षहरु लगायत पदाधिकारीहरु तथा नाडाका केन्द्रीय कार्य समितिको सहभागितामा अटोमोवाइलको वर्तमान परिस्थितीका सम्बन्धमा दुईदिने बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना हुने भएको छ ।
सो कार्यक्रममा नाडा तथा नाडाका प्रदेश एशोसिएशनहरुबीच नेपालको समग्र अटोमोवाइल क्षेत्रले वर्तमान समयमा भोग्नु परिरहेको समस्या र बैंकहरुको उच्चव्याज दर लगायत चालू पूँजी कर्जा लागु गरेको जोखिमभार र एल सी मार्जिनका विषयको सम्बन्धमा अटोमोवाइल व्यवसायीहरुले कसरी अघि बढ्ने भन्ने विषयमा विस्तृत छलफल गरी आवश्यक निर्णय गर्र्ने छन् ।
नाडाले २०७९ मंसिर १६ गते पत्रकार सम्मेलन मार्फत प्रथम चरणको आन्दोलन घोषणा गरि २०७९ मंसिर २२ गते काठमाडौं लगायत ७ वटै प्रदेशमा एकैसाथ धर्ना कार्यक्रममार्फत विरोध गरेको थियो ।
सो वृहत छलफलमा सरकारले विगत आठ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यान जस्ता निजी प्रयोजनका सवारी साधन र १ सय ५० सिसिभन्दा माथिका मोटररसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाएपनि माथी उल्लेखित समस्याहरुका कारण अटोमोवाइल व्यवसाय सहजता आउन नसकेको तथा अटोमोवाइल्स व्यवसायीहरु धमाधम पलाएन हुने अवस्था आएकोले आगामी दिनको कार्ययोजना र निष्कर्श निकाल्ने व्यापक छलफल हुने बताउँदै आएका छन् ।
उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डाक्टर विश्वनाथ पौडेलले देशको अर्थतन्त्र र नेपालको समग्र अटोमोवाइल क्षेत्रका सम्बन्धमा प्रस्तुतीसमेत दिनेछन् । सोहीक्रममा नाडाका पूर्व अध्यक्षहरुले कार्यक्रमलाई सम्बोधन गर्दे सो विषयका सम्बन्धमा मार्गदर्शन गर्ने कार्यक्रम रहेको छ । सो कार्यक्रम सम्पन्न हुनु भन्दाअघि नाडाको १३ औँ केन्द्रीय कार्य समितिको बैठक समेत सौराहामा सम्पन्न हुने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया