समृद्धि खोइ भन्नेहरुलाई ओलीको यस्तो जवाफ: ‘अब जता फर्क्यो त्यतै सरकार’

काठमाडौं । सामाजिक सुरक्षा कोष शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि र सरकार कहाँ छ भनेर प्रश्न गर्नेहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष शुभारम्भ गर्नु नै  गतिलो जवाफ भएको बताएका छन् । 

मंगलबार सामाजिक सुरक्षा कोषको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २५ वर्ष अघि थालेको काम आजबाट नयाँ आयाममा बदलिएको भन्दै यसको परिकल्पना गर्दा धेरैले आफूहरुलाई उडाउने गरेपनि आज आएर सार्थक भएको दावी गरे । 

‘श्रमको सम्मानसहित नयाँ प्राणालीको थालनी गर्दै छौ’, ओलीले भने, ‘बिरामी, आम्दानी भएका, नभएका सबैका लागि यो कार्यक्रम फलदायी हुने हुन्छ ।’

‘कोक्रोमा नआउँदै देखि अन्तिम अवस्थासम्मका लागि यो कार्यक्रम हो’ प्रधानमन्त्रीले सरकार नदेख्नेलाई प्रश्न गर्दै भने, ‘सरकार मजदुरलाई सोध्नुस् कहाँ छ , दुख पाएका जनतालाई सोध्नुस् जवाफ पाउनुहुनेछ ।’ 

‘केही दिनमा अव मेलम्ची आउँछ, त्यसले जवाफ दिन्छ सरकार कहाँ छ ? बाटोमा धूलो उड्न छाडेको छ । सडक सफा गरिएको छ । सडक धोइएको छ । जता फक्र्यो त्यतै सरकार देखेपछि सरकार कहाँ छ भन्नेहरु चुप लाग्नुहुन्छ ’ प्रधानमन्त्रीले व्यङ्ग्य मिश्रितशैलीमा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?